शुभ हजारी कफला विटोर पूजा सम्पन्न

बारा, २९ माघ

बाराको देवताल गाउँपालिका वडा नं. ३ अमवामा शुभ हजारी कफला विटोर पूजा सम्पन्न भएको छ । प्रमुख अतिथि देवताल गाउँपालिकाको गाउँपालिका प्रमुख चन्दन सिंहको अध्यक्षतामा पूजा सम्पन्न भएको छ ।

कफला विटोरमा २०० कवराथु बाबालाइ गमछा ओढाइ गाउँपालिका प्रमुख चन्दन सिंहले सम्मान सहित बिदाइ गर्नुभएको थियो ।

हजारी कफला विटोरको आयोजक देवताल गाउँपालिका वडा नं. ३ बडकी अमवा रहेको थियो भने स्वागतकर्ता बडकी अमवा वासी रहेको थियो ।  उक्त हजरी कफला विटोरमा देवाता गा.पा. वडा नं ३ का वडा अध्यक्ष अमर नेपाली लगायत गाउँका भद्रभलादमीको उपस्थिती रहेको थियो ।

Comments (0)
Add Comment