लायन्स क्लब वीरगञ्जद्वारा नारायणी अस्पतालमा उपचाररत १६० बिरामीलाई न्यानो कम्बल वितरण

105

 

 

२५ पुस पर्सा। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीहरूका लागि लायन्स क्लब वीरगञ्जको आयोजनामा न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। चिसो मौसमका कारण बिरामीहरूलाई हुने असहजता कम गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा १ सय ६० जना बिरामीलाई न्यानो कम्बल वितरण गरिएको हो।

कार्यक्रम लायन्स क्लब वीरगञ्जका अध्यक्ष सुरेश कुमार रुङ्गटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा क्लबका पदाधिकारीहरू प्रकाश बाहेती, अशोक गुप्ता, प्रदिप डाल्मिया लगायतको विशेष उपस्थिति रहेको थियो।

आयोजकका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको यस मानवीय सहयोग कार्यक्रमले अस्पतालमा उपचाररत बिरामीहरूलाई चिसोबाट केही हदसम्म राहत पुग्ने विश्वास लिइएको छ। क्लबले भविष्यमा पनि यस्ता सामाजिक तथा मानवकल्याणकारी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.