बाराको मानवत–मटिअर्वा–पिलुवा सडकखण्डमा दुर्घटना: एक जनाको घटनास्थलमै मृत्यु, दुई घाइते

80

०३ फागुन बारा । मानवत–मटिअर्वा–पिलुवा सडकखण्ड अन्तर्गत श्रीपुर नजिक ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार प्र.२-०३-००१ त ५३८६ नम्बरको ट्याक्टर र प्रदेश २-०३-०२२ प ५१०४ नम्बरको मोटरसाइकलबीच ठक्कर भएको हो। दुर्घटनामा मोटरसाइकल चालक कलैया–१२ धर्मनगरका स्थानीय रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

ठक्करपछि मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घाइते दुई जनालाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ। उनीहरूको अवस्था सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप विवरण प्राप्त हुनासाथ सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

थप विवरण आउन बाँकी…

Leave A Reply

Your email address will not be published.