Modern technology gives us many things.

जसपा : यता न उता

50

सप्तरी –२ बाट उम्मेदवार बनेका यादव जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसँग पराजित भएका थिए ।
‘सत्ता गठबन्धनमा जसपाले २ वटा मन्त्रालय पाएको छ, त्यसमा २ जनालाई मन्त्री बनाएर पठाइयो भने पार्टीमा विवाद बढ्न सक्ने अवस्था रहन्छ, यही विश्लेषण गरेर अध्यक्ष यादवले आलटाल गर्नुभएको हुन सक्छ, अध्यक्ष यादवले नै चुनाव जित्नु भएको भए अवस्था फरक रहन्थ्यो,’ विश्लेषक झाले भने ।

जसपामा भएको के हो ?

समाचार स्रोतहरुले दिएको जानकारी अनुसार जसपा यता न उता हुनुको मुख्य कारण अध्यक्ष यादवले चुनाव नजित्नु नै हो । अध्यक्ष यादवले चुनाव जितेको अवस्था हुन्थ्यो भने उनको नेतृत्वमा पार्टी सहजै सरकारमा जाने थियो । तर, अध्यक्ष यादवले चुनाव हारे ।

आफूले चुनाव हारेपछि अध्यक्ष यादव प्रतिनिधिसभामा जान प्रयास गरिरहेका स्रोतहरुले बताएका छन् । यसका लागि उनले विभिन्न विकल्पमा काम गरेपनि सो सफल हुन सकिरहेको छैन ।अध्यक्ष यादवले सत्ता गठबन्धनसँग उपराष्ट्रपति पद मागेका थिए । जसपाले उपराष्ट्रपति पद पाएमा अध्यक्ष यादव प्रतिनिधिसभामा छिर्ने बाटो खुल्ला हुने उनको विश्लेषण छ ।‘उपराष्ट्रपति पद पाएको अवस्थामा सांसद रामसहाय यादवलाई पठाउने र उनको क्षेत्रमा अध्यक्ष .यादवले चुनाव लड्ने योजना बनेको थियो तर, सत्ता गठबन्धनले जसपालाई उपराष्ट्रपति पद दिएन, त्यसैले उसले (जसपाले) अनौठा लाग्ने निर्णयहरु गरिरहेको छ,’ स्रोतले भन्यो ।

जसपा सांसद रामसहाय यादव पार्टी संसदीय दलको नेता पनि हुन् । उनी बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । उनलाई उपराष्ट्रपति बनाएपछि सो क्षेत्र रिक्त हुने र पार्टी अध्यक्ष यादवले सोही क्षेत्रबाट चुनाव लड्ने योजना बनाइएको स्रोतको दाबी छ ।

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिक दलहरु विशेष गरेर दुई ध्रुवमा बाँडिएका छन् । नेकपा एमालेको पहलमा सत्ता गठबन्धन बनेको छ भने विपक्षी नेपाली काँग्रेसको नेतृत्वमा अर्काे गठबन्धन बनेको छ । तर, जसपा भने कुनै पनि गठबन्धनमा छैन । क्यानाडानेपाल

Leave A Reply

Your email address will not be published.