Modern technology gives us many things.

माउण्ट हर्मन सेकेण्ड्री स्कुलमा आज स्कुल कन्सर्ट एण्ड फेयरवेल सेरोमनी सम्पन्न

51

वीरगंज,चैत्र ३
वीरगंज २३ प्रसौनी बिर्तामा अवस्थित माउण्ट हर्मन सेकेण्ड्री स्कुलमा आज स्कुल कन्सर्ट एण्ड फेयरवेल सेरोमनी सम्पन्न भएको छ । बिद्यालयका अभिभावक एवं वडा अध्यक्ष अवधकिसोर कुशवाहाको अध्यक्षता एवं एन प्याप्सनका मधेश प्रदेश अध्यक्ष नन्दन यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कक्षा १० को बिद्यार्थीहरुको सम्मानमा आयोजित कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ९ सम्मका बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नन्दन यादवले ठुलो मान्छे भन्दा पनि असल मान्छे बन्न सुझाव दिए ।

उहाँले संस्कार सहितको शिक्षा अहिलेको आवश्यकता रहेको बताएका थिए । यादवले आमाबाबु सपना साकार पार्न मन लगाए अध्ययन गर्न बिद्यार्थीहरुलाई आग्रह गरेका थिए । यसैगरी वडा सदस्य लालबाबु यादवले एसईईमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने घोषणा गरे । यादवले आफुले पाउने एक महिनाको तलब वापतको रकम उत्कृष्ट अंक ल्याउने तिन बिद्यार्थीहरुलाई उपलब्ध गराउने घोषणा गरे । कार्यक्रममा एनप्याब्सनका वीरगंज अध्यक्ष जियालाल गुप्ता लगायतकाले धारणा राखेका थिए । कार्यक्रममा कक्षा १० का बिद्यार्थीहरुलाई मायाको चिन्हो र गम्छा ओढाई अभिभावक सहित सम्मानित गरिएको बिद्यालयका प्रधानाध्यापक संतोष साहले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी सहित अतिथीहरुले बिद्यालय भवनको जगमा ईटा राखेर गरेका थिए ।

कार्यक्रममा पत्रकार जगत राई, श्रवण प्रसाद साह, राकेश साह, जिल्ला समन्वय समितिका सदस्य रामप्रसाद यादव, वडा सदस्य कान्ति देवी, फुलबचनी देवी,प्रहरी निरिक्षक आशुतोष बहादुर शाही लगायतको उपस्थिती थियो ।कार्यक्रम कक्षा ९ का बिद्यार्थीहरुको आयोजनामा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.