Modern technology gives us many things.

प्रचण्डलाई सरकार टिकाउन सत्ता गठबन्धनबाटै चुनौती

50

काठमाडौँ, । वर्तमान आठ दलीय गठबन्धनको भरमा बनेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता टिकाउन सत्ता गठबन्धनमा आवद्ध दलहरू नै चुनौती बन्दै गएका छन् ।

पाँच वर्ष सँगै रहेर आलोपालो सरकार चलाउने सहमतिसहित गठबन्धन गरेका दलका नेताहरूले सरकारको हरेक काम कारबाहीमा असन्तुष्टि जनाउन थालेपछि प्रचण्डलाई सत्ता जोगाउन आफ्नै गठबन्धन दलबाट चुनौतीको सामना गर्नुपरेको छ ।

सरकारमा सहभागी नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको छुट्टै मोर्चा बनेपछि गठबन्धनभित्रको खटपट अझै चुलिएको छ । कम्युनिस्ट पार्टीहरूबीच मोर्चाबन्दी गर्दा सत्ता टिकाउन केही सहजता देखेर आफ्नै पहलमा चार दलीय समाजवादी मोर्चा बनाएका प्रधानमन्त्री प्रचण्डको उक्त निर्णय आफ्नै लागि घातक हुने संकेत देखा परेको छ ।

सरकार साझेदार केही दलहरूबीच छुट्टै मोर्चा गठनपछि सत्ता सहयात्री दलहरू प्रधानमन्त्री दाहालप्रति असन्तुष्ट बनेका हुन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

 

Leave A Reply

Your email address will not be published.