Modern technology gives us many things.

बारामा नेपाल समाजवादी पार्टीको बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न

365

०६ माघ बारा । बाराको देवताल गाउँ पालिका वडा नम्वर ५ को धुराहा गाउमा नेपाल समाजवादी पार्टीको बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकोछ ।

पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि ने.स.पा.का राष्ट्रिय अध्यक्ष एवम संघिय खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र राय यादव नेपालमा चुनाव खर्चिलो भएको छ त्यो खर्च कम गर्न र देशलाइ आर्थिक र समृध बनाउन कार्यकारी राष्ट्रपतीको चुनावको खाचओ रहेको,जुन देशमा संसद बिकास निर्माणको कार्यमा लागछ त्यो देश बिकास गर्दैन संसद कार्य नीति निर्माणको हो त्यो गर्दा आर्थिक चलखेल हुदैन देश बिकास गछ,नेपालको सबै आन्दोलनमा भारतको कुनै न कुनै हिसाबले सहयोग रहेको यादवले बताए।

नेपालमा दुइ पक्ष लिएर चलिरहेको छ पहिलो संघिय गणतन्त्र र दोस्रो संघिय गणतन्त्रलाइ कमजोर बनाउन अगाडि बढदैछ अध्यक्ष यादव बताए । संघियतालाइ अगाडि बढाउने पार्टी सबौ गठबन्धन गरि चलिरहेको अध्यक्ष यादवले बताए । अहिलेको सरकार आए पछि देशमा सुशासन कायम गर्नलाई भुटानी शरणार्थीको समस्यामा गलत लागेको मान्छेलाइ कार्वाही भएको बताए। सरकार मिटर व्याजीको समस्या प्रशासनका मातहत बाट समाधान गर्न।

चाहेकोछ, एमालेको असहमतीले विधेयक सबै सरकार बाट ल्याइएको ओझेलमा परेको , गठबन्धनको सरकार देशका अमुल परिवर्तन गर्न चाहेको, गठबन्धनको सरकार पाच वर्ष चल्छ ठोकुवा गरेकाछन, देशमा सुशासन र शान्ति ल्याउन प्रचण्ड कै जरूरी रहेको, नेकपा माओवादी र नेपाल समाजवादी पार्टी एकीकरण भइ नेकपा समाजवादी बन्न सुझाव दिएको,मधेशको सहिद सबै लाई थाती राखि लुटेरा पार्टी सबै समाप्त हुन्छ ,मन्त्री स्वरोजगारको स्थापना शिक्षा ऐन , प्रहरी ऐन प्रदेशको दवाबमा१५ दिन मै पास हुनेवाला छ भने मन्त्री यादवले जानकारी गराए।

केन्द्रीय महासचिव एवम पूर्व राष्ट्रिय सभा सदस्य रमेश यादव समग्र मधेश एक प्रदेश बन्न लागेको थियो जो बन्न सकेन त्यसको दोषी को हुन्छ जनता बुझदै छ, सहिदको बलिदानीलाई तल दबाइ राजनिति हुदैछ जसमा कति बिकास हुनको लागि कति आशा गर्न सकिन्छ, मधेश प्रदेशको विकास निकासको लागि महेन्द्र राय यादवके सबै पार्टीलाई एक बानाइ सुरु गरेका थिए तर उपेन्द्र यादव त्यसलाइ विखण्डन गरे, सहिदका बलिदानीको देन हो कि संघियता आएको जसबाट सबै समुदायका आरक्षण बाट काम गर्दैछन।

नेता हरु नातागोता जातको भवनामा अल्झनु भएकोछ त्यो संग देश बिकास हुदैन,गाउ गाउमा शिक्षा र स्वास्थ्यको विकास हुदैछ जो संघियताको देन हो तनाशाह राजाको देन हैन, मधेशको अधिकान्स माग पूरा भएको छ बाकी माग छलफलको माध्यम बाट पूरा गर्ने , बाराको निर्वाचन क्षेत्र २ उपनिर्वाचनको परिणाम बाट तेस्रो लिंगिको क्षेत्र भएको पदवी पाएकोछ, माओवादीको केन्द्रीय अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड देशका १० वटा पार्टीलाइ एकता गरि देशलाई चलाउदै छन,।

ने.स.पा. बारा जिल्ला अध्यक्षको रामनिवास साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य विरेन्द्र यादव,तारकेशवर मिश्रा,मधेस अध्यक्ष इ.प्रमोद यादव,रौतहट जिल्ला अध्यक्ष रामानन्द यादव पर्सा जिल्ला अध्यक्ष मुना साह,राजिन्द्र सिंह लगायतले आआफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन बैधनाथ मधेसीले गरेका थिए।नेपाल समाजवादी पार्टिको आयोजनामा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि, चार सय पैसठी ४६५ भन्दा बढी नेपाल समाजवादी पार्टीमा प्रवेश गरेका थिए नव प्रवेसिलाइ मन्त्री यादवले गमछा लगाइ प्रवेश गराएका थिए।

Leave A Reply

Your email address will not be published.