Modern technology gives us many things.

पर्साले कर्फ्यु हटाएको छ

53

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु हटाएको छ । फागुन ७ गते बेलुका ५ बजेदेखि लगाइएको कर्फ्यु  ९ गते राति १० बजेदेखि लागू हुने गरी हटाइएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) को उपदफा (५) बमोजिम पूर्ण रुपले कर्फ्यु  हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।
भुसालले जारी गरेको सूचनामा भनिएको छ, ‘हाल स्थिती सामान्य हुँदै गएको हुँदा कर्फ्यु आदेश हटाइएको हो ।’

 

Leave A Reply

Your email address will not be published.