धनुषामा २२ औँ धान दिवस तथा रोपाई महोत्सव सप्पन्न
१५ असार धनुषा। मिथिला बिहारी नगरपालिकामा २२ औँ धान दिवस तथा रोपाई महोत्सव २०८२ मनाइएको छ । धानको बालीमा सघनता ,खाद्य सुरक्षा र आत्मनिर्भरता नाराका साथ २२ औँ धान दिवस तथा रोपाई महोत्सवको रूपमा मनाइएको हो । मिथिला बिहारी नगरपालिकाको कृषि शाखाको आयोजनामा खेतमा रोपनी गरी धान दिवस तथा रोपाई उत्साह मनाइएको थियो ।
यस दिनलाई किसानहरूले धान दिवसलाई विशेषज दिनको रूपमा लिने गरेका छन । कार्यक्रममा बोल्दै मिथिला बिहारी नगरपालिकाको नगर प्रमुख राजेन्द्र प्रसाद यादवले किसानहरूलाई सिचाई व्यवस्थापन र मल बीउ र कृषि यान्त्रिककारण अनुदान दिनुपर्नेमा जोड दिए । उनले धानको उत्पादन बढाउनको लागि कृषि यान्त्रिककारणमा अनुदान ,सिंचाईको व्यवस्थापन र समयमा मल बिउ किसानहरूलाई र उपलब्ध गराउन र सम्बन्धित कार्यालय सङ समन्वय र आवश्यक रहरेको बताए ।
यस मिथिला बिहारी नगरपालिकाको नगर उपप्रमुख शोभा देबि साहले किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने आवश्यक रहरेको बताए।
मिथिला बिहारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र् यादवले समयमा बिउ मल पर्याप्त मात्र सिंचाईको व्यवस्थापन नगर्दा किसानहरू मर्कामा परेको बताए । उनले भने कृषि क्षेत्रमा किसानहरूलाई सहज रूपमा आवश्यक व्यवस्था गरी उत्पादकत्व वृद्धि गर्नु तर्फ लाग्नुपर्ने आजको आवश्यकता रहेको बताए । कृषि शाखा प्रमुख गोबिन्द यादवले यश नगरपालिकामा बढी मात्र धान खेती हुँदै आएको बताए । उनको अनुसार यस वर्ष नगरपालिका भित्र मा ३५ प्रतिशत धान रोपाई सकिएको जानकारी दिए ।
मिथिला बिहारी नगरपालिकामा २२ औँ धानको दिवसको अवसरमा धान रोपाई गरिएको छ । धान रोपाई आफ्नैमा गित गाउँदै हिलोमा धान रोपेर गित गाउदै भब्यरुपमा उत्साहको रुपमा,राजनीतिक दल र नगरपालिका भित्रका कार्यपलिका सदस्य ,वार्ड अध्यक्ष ,र शाखा प्रमुख र कर्मचारीहरूले धान रोपाई गरेका थिए ।
त्यस्तै नगरपालिका सबै कार्यपलिका सदस्य ,वार्ड अध्यक्ष ,र शाखा प्रमुखवार्ड अध्यक्ष र कर्मचारीले धान रोपाई गरी २२ औँ धान दिवस मनाएका छन भने धान रोपाई गरी धान दिवस कृषि शाखा प्रमुख गोबिन्द यादवले जानकारी दिए कृषि आजको दिन दही चिउरा आँप खाई धान दिवस तथा रोपाई महोत्सव सप्पन्न गरिएको हो ।२०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।