महागढ़िमाई नगरपालिकाले तीज कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन्

172

०६ भादौ बारा । महागढीमाई नगरपालिकामा प्रत्येक वर्षझैं यस वर्ष पनि तीज कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। नगरपालिकाकी उपमेयर तारा देवी कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश नेपाली कांग्रेसका उपसभापति चन्द्रशेखर यादव प्रमुख अतिथि रहनु भयो भने विशिष्ट अतिथिको रूपमा नगरप्रमुख उपेन्द्र यादवले कार्यक्रममा दलित समुदायको हितमा विभिन्न महत्वपूर्ण घोषणा गरेका छन्। उनले दलित बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराइने, दलित परिवारलाई २० युनिटसम्म निःशुल्क विद्युत सेवा उपलब्ध गराइने तथा विभिन्न रोगको चेकजाँचका लागि ल्याबमा २,००० रुपैयाँसम्म निःशुल्क सेवा प्रदान गरिने घोषणा गरे। त्यस्तैगरी दलित परिवारको लागि कुल बिमा ७५ प्रतिशत सम्म अनुदान दिने पनि प्रतिवद्धता जनाउनु भएको हो।

तीज कार्यक्रमको अवसरमा महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र सामाजिक सद्भावजस्ता विषयमा वक्ताहरूले प्रकाश पारे। विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य, गीत तथा नारी चेतनासम्बन्धी प्रस्तुतिहरूले कार्यक्रममा उत्साह थपेको थियो।

कार्यक्रममा उपमेयर तारा देबी कानुले महिला समुदायबीच आपसी एकता, सशक्तीकरण र सांस्कृतिक जगेर्नाको सन्देश दिएको थियो । तीज पर्वको महत्त्वलाई जोड दिँदै समाजमा समानता, शिक्षा र स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे महागढीमाई नगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी सामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

कार्यक्रममा नेपाली कांग्रेस बारा कार्यसमितिका सचिव भैयाराम यादव, महागढीमाई नगरपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडाअध्यक्ष गजेन्द्र कुमार जयसवाल, वडा नं २ का वडाअध्यक्ष विश्वनाथ कुशवाहा, वडा नं ३ का वडाअध्यक्ष उपेन्द्र जसवाल, वडा नं ६ का वडाअध्यक्ष गेनालाल यादव तथा महिला सञ्जाल अध्यक्ष बबिता जयसवाल, महिला मेघा शाही, प्रियांका दासलगायत अन्य महिला अगुवा तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.